एमाले कोशी अधिवेशन : बन्दसत्र जारी, निर्वाचन मण्डल बनाइयो, कार्यक्रम घोषणा हुन बाँकी
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन विराटनगरमा जारी छ । शुक्रबारदेखि सुरु भएको अधिवेशनमा आज राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल हुँदैछ ।
यसअघि हिंजै प्रतिवेदनहरू अधिवेशनमा प्रस्तुत भइसकेको छ । राजनीतिक र सांगठनिक प्रतिवेदन कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले प्रस्तुत गरेका हुन् । यस्तै आर्थिक प्रतिवेदन भने एमाले आर्थिक विभागका केन्द्रीय प्रमुख पुष्प कँडेलले प्रस्तुत गरेका छन् ।
प्रतिवेदनहरुमाथि आजै छलफल पछि पारित गरेर सिधै मनोनयन दर्तामा जाने अध्यक्ष न्यौपानेले जानकारी दिए । अधिवेशनमा छानिने नेतृत्वको विषयमा भने एमालेमा दुईजनाले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा केन्द्रीय सदस्य घनश्याम खतिवडा र विनोद ढकाल छन् ।
अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ ।
अधिवेशनको बन्द शत्र संचालन गर्न एमालेले केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठको संयोजकत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल शुक्रबार नै बनाएको थियो । अध्यक्ष मण्डलका अन्य सदस्यहरुमा नेताहरु शेरधन राई, हिक्मतकुमार कार्की, अग्नि खरेल, डा।शिवमाया तुम्बाहाम्फे, राजेन्द्र गौतम, भगवती चौधरी, जगदिश कुसियैत, राम राना मगर, पर्शुराम मेघी गुरुङ र सुनिता बराल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण