पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा
शनिबार, १३ असोज २०८०, २२ : १५

सिरहा । राजस्व अनुसन्धान कार्यालय इटहरीले शुक्रबार राति सिरहाको माडर भन्सार नाका नजिकैबाट झण्डै ५० लाख बराबरको बेवारिसे कपडा बरामद गरेको छ ।
स्थानीय चन्द्रनारायण माध्यमिक विद्यायलको प्राङ्गणस्थित आँपको बगैँचामा थुपारिएको अवस्थामा उक्त कपडा फेला परेको थियो । विशेष सुराकीका आधारमा राजस्वका इटहरी कार्यालय प्रमुख सुरेश आचार्यको नेतृत्वमा गएको सशस्त्र प्रहरीसमेतको टोलीले कपडा नियन्त्रणमा लिएको हो ।
दसैँमा बिक्री गर्ने उद्देश्यले भन्सार छली गरेर कपडा ल्याइएको हुनसक्ने आशङ्का प्रमुख आचार्यले व्यक्त गरे । साथै उनले राजस्वको टोली आउँदै गरेको चाल पाएपछि तस्करहरू सामान छाडेर भागेको हुनसक्ने बताए ।
सर्टिङसुटिङका कपडा, सारी, तयारी पोशाकलगायतका सामान बरामद गरिएको हो । सामान इटहरी कार्यालयमा लगेर यकिन गरिने जानकारी आचार्यले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश