सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी वायुसेनाले पायो पहिलो उड्ने कार, नासाले परीक्षण गर्ने

आइतबार, १४ असोज २०८०, १३ : २४
आइतबार, १४ असोज २०८०

क्यालिफोर्नियाको जोबी एभियनले अमेरिकी वायुसेनालाई पहिलो इलेक्ट्रिक एयर ट्याक्सी प्रदान गरेको छ । यो एक eVTOL हो अर्थात् अल इलेक्ट्रिक टेकअफ एन्ड ल्यान्डिङ एयरक्राफ्ट । यो खासमा उड्ने कार हो जसको परीक्षण पछिल्लो दुई वर्षदेखि चलिरहेको छ । अब पहिलो उड्ने ट्याक्सी अमेरिकी वायुसेनाले हासिल गरेको छ । 

वायुसेनाले यसलाई AFWERX कार्यक्रम अन्तर्गत लिएको छ । यसको मद्दतले सहरी र हवाई यातायातलाई सुधार्न सकिन्छ कि भनेर वायुसेनाले परीक्षण गर्नेछ । यसलाई थप परिष्कृत बनाउन सकिन्छ कि भनेर नासाले मद्दत गरिरहेको छ । नासाको एडभान्स एयर मोबिलिटी मिसनका इन्टिग्रेसन म्यानेजर परिमल कोपरडेकरले यसलाई भविष्य निश्चित गर्ने खालको मिसन भनेका छन् ।

आगामी वर्षदेखि यस ट्याक्सीको आधारभूत पूर्वाधार निर्माण सुरु गर्नुपर्नेछ । पाइलटको खोजी गर्नुपर्नेछ । संरचना त्यही अनुरूप बनाउनुपर्नेछ ताकि पूरा देशमा यसलाई चलाउन सकियोस् । नासाले यसको परीक्षण गरिरहेको छ । eVTOL एयरक्राफ्टलाई एयर ट्याक्सीको रूपमा उडाइनेछ । यसलाई सहरको बिच र सहर भित्र उडाउनका लागि तयार पारिएको छ । यसमार्फत मानिस र सामान दुवै एक स्थानबाट अर्को स्थानमा पुर्याउन सकिनेछ ।

aircraft1उडानको परीक्षणका बेला नासाले यो उड्ने कारको क्षमता कत्तिको छ भनेर हेर्नेछ । यसको प्रयोग कहाँ गर्न सकिन्छ भनेर पनि अनुसन्धान भइरहेको छ । औषधीको आपूर्ति, जङ्गलको आगो निभाउन, आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिन्छ कि भनेर सम्भावना पनि हेरिँदै छ । साथै, यसबाट पाइने डाटाले भविष्यका लागि नयाँ विमान र उड्ने कारको मोडलिङ र सिमुलेशन तयार गर्नेछ । 

यस्ता एयर ट्याक्सी सेवालाई मान्यता दिन सङ्घीय उड्डयन प्रशासनको नियमनमा कहाँ र कस्तो खालको परिवर्तन गर्ने भन्नेबारे पनि पत्ता लाग्छ । 

परिमलका अनुसार यो सफल भएको खण्डमा आउँदो केही वर्षमा यस्ता सेवा पूरा देशमा उपलब्ध हुनेछ । यसको फाइदा देश र विदेशबाट आएका मानिसलाई हुनेछ । साथै, उड्डयन क्षेत्रमा एक नवीनतम प्रयोग पनि हुनेछ । नासाको फ्लाइट टेस्टमा eVTOL एयरक्राफ्ट सफल भए सन् २०२४ को अन्त्यसम्म देशमा नागरिक उड्डयन सेवाको सुरुवात गर्ने अनुमति पाउन सकिन्छ । 

यसले अमेरिकामा एक नयाँ उड्डयन उद्योग खडा गर्नेछ । तर यो परीक्षण पास गर्न सहज छैन किनभने परीक्षणका बेला विमानको प्रविधि, उडानको तरिका, आवाज, प्रदूषणको स्तर, सञ्चारको व्यवस्था, आपत्कालीन प्रणालीसमेत सयौँ कुराको परीक्षण गरिनेछ । 

aircraft2नासाको समूहले eVTOL विमानको उडान परीक्षणका बेला ५० वटा भन्दा बढी माइक्रोफोन प्रयोग गर्नेछ । यसरी यसले कति फाइदा हुन्छ र कति हानी हुन्छ भनेर पत्ता लगाउने कोसिस गरिनेछ । जस्तै, यसले कति ध्वनि प्रदूषण गर्नेछ । अर्कोतर्फ जोबी एभिएसनका संस्थापक तथा सिइओ जोबेन बिवर्टले विमान नासाको परीक्षणमा पास हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । 

जोबेन बिवर्टले भने, ‘हामीले १० वर्ष यो प्रोजेक्टमा काम गरेका छौँ । यसको उडान पनि गरेका छौँ । यो निकै राम्रो र सफल तरिकाले उड्ने कार हो । यसलाई तपाईं सहरको बिचबाट उडाउन सक्नुहुन्छ । एउटा सहरबाट अर्को सहरमा लैजान सक्नुहुन्छ । यसको मद्दतले कार्गो र कुरियर पनि पठाउन सक्नुहुन्छ ।’

जोबेनले थपे, ‘हामी नासाको एडभान्स एयर मोबिलिटी क्याम्पेनसँग जोडिन पाउँदा निकै खुसी छौँ । हामी यो परीक्षणमा पास भयौँ भने देशभरि हाम्रो सेवा तीव्र रूपमा बिस्तार हुने कुरामा हामी विश्वस्त छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप