सेयर बजारमा उच्च अंकको गिरावट, परिसूचक १९७१ अंकमा
काठमाडौँ । आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३३.२० अंकले घटेको छ । कारोबार समयदेखि नै ओरालो लाग्न थालेको नेप्से परिसूचक १.६५ प्रतिशतले घटेर बन्द भएको हो । यससँगै, परिसूचक १९७१ अंकमा आएर रोकिँदा आज १० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २२० कम्पनीको घट्दा २ कम्पनीको स्थिर छ ।
परिसूचक उच्च अंकले घटेको दिन आज १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ६७ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक घटे पनि सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२९ रुपैयाँ पुगेको छ ।
आज सनराईज फस्ट म्यूचुअल फण्डसहित अन्य ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यसबाहेक, अन्य ५ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । आज सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने एनआईसी एसियाको ९ करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
सेयर परिसूचक १.६५ प्रतिशतले घटेको दिन आज सबै समूहको सूचक घटेको छ । जसमध्ये जीवन बीमा समूहको सूचकमा २११ अंकको गिरावट आएको छ । यस्तै, निर्जीवन बीमा समूहको सूचकमा १६७ अंकको र होटेल र टुरिजम समूहको सूचक ८४ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण