बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
नेप्से

सेयर बजारमा उच्च अंकको गिरावट, परिसूचक १९७१ अंकमा

आइतबार, १४ असोज २०८०, १६ : ०५
आइतबार, १४ असोज २०८०

काठमाडौँ । आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३३.२० अंकले घटेको छ । कारोबार समयदेखि नै ओरालो लाग्न थालेको नेप्से परिसूचक १.६५ प्रतिशतले घटेर बन्द भएको हो । यससँगै, परिसूचक १९७१ अंकमा आएर रोकिँदा आज १० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २२० कम्पनीको घट्दा २ कम्पनीको स्थिर छ ।

परिसूचक उच्च अंकले घटेको दिन आज १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ६७ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक घटे पनि सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२९ रुपैयाँ पुगेको छ ।

आज सनराईज फस्ट म्यूचुअल फण्डसहित अन्य ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यसबाहेक, अन्य ५ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । आज सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने एनआईसी एसियाको ९ करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सेयर परिसूचक १.६५ प्रतिशतले घटेको दिन आज सबै समूहको सूचक घटेको छ । जसमध्ये जीवन बीमा समूहको सूचकमा २११ अंकको गिरावट आएको छ । यस्तै, निर्जीवन बीमा समूहको सूचकमा १६७ अंकको र होटेल र टुरिजम समूहको सूचक ८४ अंकले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप