आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

नेपाली स्क्वास खेलाडी विपना एसियाली खेलकुदको प्रिक्वार्टरफाइनलमा

आइतबार, १४ असोज २०८०, १६ : ५२
आइतबार, १४ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको नवौँ दिन आइतबार नेपाली स्क्वास खेलाडी विपना ब्ह्लोन प्रिक्वार्टरफाइनल चरणमा पुगेकी छन् । उनी थाइल्यान्डकी प्रतिद्वन्द्वीलाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेकी हुन् । 

महिला एकलतर्फको अन्तिम ३२ खेलाडीबीचको भिडन्तमा विपनाले थाइल्यान्डकी वारितसारा चुजितलाई ३—० ले हराएकी हुन् । विपनाले उक्त खेलको नतिजालाई ११—७, ११—७ र ११—८ ले आफ्नो पक्षमा पारेकी थिइन् । 

आइतबार नै भएको स्वाक्सको अन्य पाँच स्पर्धामा भने नेपाली खेलाडीले निराशाजनक प्रदर्शन गरे । अन्य पाँच स्पर्धामा नेपाली खेलाडी पराजित भए । मिक्स डबल्स स्पर्धामा हङ्कङले नेपाललाई २—० ले हरायो । उक्त खेलमा हङ्कङका खेलाडी का यी ली र ची हिम वङको जोडीले नेपाली खेलाडी स्वस्थानी श्रेष्ठ र अमिर ब्लोनको जोडीलाई ११—१ र ११—३ ले हराएका हुन् । 

यसैगरी पुरुष एकलतर्फको भिडन्तमा पनि नेपाली खेलाडी पराजित भए । अन्तिम ३२ खेलाडीबीचको भिडन्तमा कुवेतका अब्दुल्लाह अल्मेजायनले नेपालका अमृत थापामगरलाई ३—० ले हराएका हुन् । उक्त खेलमा कुवेतका खेलाडी ११—४, ११—२ र ११—५ ले विजयी भए । 

यसैगरी पुरुष एकलतर्फकै अर्को खेलमा पनि नेपाली खेलाडीले सफलता हात पार्न सकेनन् । उक्त खेलमा मलेसियाका खेलाडी मुहम्मद आदिन ईद्राकीले नेपालका अरहान्तकेशर सिम्हलाई ३—० ले पाखा लगाए । सो खेलमा मलेसियाका खेलाडी ११—५, ११—३ र ११—३ ले विजयी भए । 

यसैगरी मिक्स डबल्स स्पर्धाको दोस्रो खेलमा पनि नेपाली खेलाडी पराजय स्वीकार्न बाध्य भए । उक्त स्पर्धामा दक्षिण कोरियाका एओन सु याङ र दोङ्जुन लीको जोडीले नेपालका स्वस्थानी श्रेष्ठ र अमिर ब्लोनको जोडीलाई ११—५ र ११—४ ले हरायो ।  

यसैगरी महिला एकलतर्फको खेलमा पनि नेपाली खेलाडी पराजित भइन् । दक्षिण कोरियाकी जिनह्युन लीले नेपालकी कृष्णा थापालाई ३—० ले हराएकी हुन् । उक्त खेलमा कोरियाली खेलाडी ११—३, ११—० र ११—३ ले हराएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप