एक महिनामै नेपाल भित्रिए ९१ हजार विदेशी पर्यटक
काठमाडौँ । सन् २०२३ को सेप्टेम्बर महिनामै ९१ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सेप्टेम्बर महिनामै हवाई माध्यमबाट ९१ हजार पर्यटक भित्रिएका हुन् ।
सन् २०२२ को सेप्टेम्बरमा जम्मा हवाई माध्यमबाट ५८ हजार ३१४ पर्यटक नेपाल भित्रिएका थिए । यस्तै, सन् २०२१ को सेप्टेम्बरमा ९ हजार ९०७ र सन् २०२० मा ५८४ जना पर्यटक मात्रै हवाई माध्यमबाट भित्रिएका थिए ।
यस्तै, सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्ममा हवाईमाध्यमबाट ६ लाख ९२ हजार ३७२ जना पर्यटक नेपाल भित्रिएका छन् । लामिछानेका अनुसार यो सन २०१९ को तुलनामा ११२ प्रतिशत बढी हो । यस्तै, हवाई र सडकमार्गबाट नेपाल आउने पर्यटकको वृद्धि भने १०० प्रतिशतमा छ ।
यस्तै, सन् २०१९ को तुलनामा नेपालमा १२२ प्रतिशतले पर्यटकको आवागमन बढेको छ । यसअवधिमा छिमेकी भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । भारतबाट हवाई मार्ग हुँदै २८ हजार ६९४ जना पर्यटक नेपाल भित्रिएका हुन् ।
यसबाहेक, चीनबाट ८ हजार १७४, अमेरिकाबाट ७ हजार ३६४, अस्ट्रेलियाबाट ३ हजार ६८५ जना पर्यटक नेपाल आउँदा बेलायतबाट ३ हजार ६४० जना भित्रिएका छन् । यस्तै, श्रीलंकाबाट ३ हजार जर्मनीबात २ हजार ८५२ जना र दक्षिण कोरियाबाट २ हजार १८ जना नेपाल आएका छन् । यस्तै, इजरायलबाट १ हजार ७३४ जना नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण