मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सिरहाबाट ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

मङ्गलबार, १६ असोज २०८०, १३ : ४२
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । सिराहाबाट सशस्त्र प्रहरीले करिब ८० लाख मूल्य पर्ने भन्सार छलीको कपडा बरामद गरेको छ । सिरहा नगरपालिका वडा नम्बर–१८ स्थित तारापट्टिबाट करिब ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

भारतबाट अवैध तरिकाले ल्याएर लुकाएर राखेको सुराकको आधारमा सशस्त्र प्रहरीको नम्बर–७ गण र बिओपी लगडिगदियाबाट खटिएको टोलीले सर्च अपरेशन चलाएको थियो । तारापट्टिस्थित ३ वटा गाई गोठमा लुकाएको अवस्थामा ७८ पोका लत्ताकपडा फेला परेको हो । कपडा ल्याउने व्यक्तिहरूको पहिचान खुलेको छैन ।

नजिकिँदै आएको चाडपर्वलाई लक्षित गरी अवैध गतिविधि र तस्करी बढ्ने आकलन गरेर सशस्त्रले सिमानाकामा कडाइ गरेको छ । बरामद लत्ताकपडा सशस्त्रले राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप