सिरहाबाट ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद
मङ्गलबार, १६ असोज २०८०, १३ : ४२
काठमाडौँ । सिराहाबाट सशस्त्र प्रहरीले करिब ८० लाख मूल्य पर्ने भन्सार छलीको कपडा बरामद गरेको छ । सिरहा नगरपालिका वडा नम्बर–१८ स्थित तारापट्टिबाट करिब ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
भारतबाट अवैध तरिकाले ल्याएर लुकाएर राखेको सुराकको आधारमा सशस्त्र प्रहरीको नम्बर–७ गण र बिओपी लगडिगदियाबाट खटिएको टोलीले सर्च अपरेशन चलाएको थियो । तारापट्टिस्थित ३ वटा गाई गोठमा लुकाएको अवस्थामा ७८ पोका लत्ताकपडा फेला परेको हो । कपडा ल्याउने व्यक्तिहरूको पहिचान खुलेको छैन ।
नजिकिँदै आएको चाडपर्वलाई लक्षित गरी अवैध गतिविधि र तस्करी बढ्ने आकलन गरेर सशस्त्रले सिमानाकामा कडाइ गरेको छ । बरामद लत्ताकपडा सशस्त्रले राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण