बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेप्से १७ अंकले घट्यो, १ अर्ब १९ करोडको कारोबार

मङ्गलबार, १६ असोज २०८०, १५ : १६
मङ्गलबार, १६ असोज २०८०

 काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १७.५६ अंकले घटेर १ हजार ९ सय ५८.७२ अंकमा झरेको छ । अघिल्लो दिन ५ अंकले बढेकोमा दोस्रो दिन पुनः सेयर बजार ओरालो लागेको हो । 
आज सेन्सेटिभ इन्डेक्स समेत ३.६६ अंकले घटेर ३७४.३९ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन कारोबार रकम समेत घटेर १ अर्ब १९ करोड ९१ हजार झरेको छ ।  

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक १.३८ अंकले घटेको छ भने फाइनान्स समूहको उपसूचक १.२७ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.२३ प्रतिशतले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.२२ प्रतिशतले घटेको छ । 

अन्य समूहको उपसूचक भने १ प्रतिशत कमले घटेका छन् । आज समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.९१ प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.५४ प्रतिशतले घट्न पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप