नेप्से १७ अंकले घट्यो, १ अर्ब १९ करोडको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १७.५६ अंकले घटेर १ हजार ९ सय ५८.७२ अंकमा झरेको छ । अघिल्लो दिन ५ अंकले बढेकोमा दोस्रो दिन पुनः सेयर बजार ओरालो लागेको हो ।
आज सेन्सेटिभ इन्डेक्स समेत ३.६६ अंकले घटेर ३७४.३९ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन कारोबार रकम समेत घटेर १ अर्ब १९ करोड ९१ हजार झरेको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक १.३८ अंकले घटेको छ भने फाइनान्स समूहको उपसूचक १.२७ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.२३ प्रतिशतले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.२२ प्रतिशतले घटेको छ ।
अन्य समूहको उपसूचक भने १ प्रतिशत कमले घटेका छन् । आज समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.९१ प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.५४ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण