एमाले गण्डकी अधिवेशन : उम्मेदवारी मनोनयन सुरु

काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि बुधबारबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । बुधबार बिहान ८ बजेदेखि उम्मेदवारी दर्ताको कार्यक्रम सुरु भएको हो ।
यो प्रदेशमा एमालेका दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूहबीच प्रतिस्पर्धा हुने भएको हो । गुरुङ समूहबाट हालका अध्यक्ष नवराज शर्माले अध्यक्ष, मीनप्रसाद गुरुङले उपाध्यक्ष, धनञ्जय दवाडीले सचिवको उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ । त्यस्तै मञ्जु अधिकारी र कास्कीका दामबहादुर बिकले गुरुङको समूहबाट उपसचिवमा उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ ।
खगराज अधिकारी समूहबाट मायानाथ अधिकारी अध्यक्ष, बाबुराम बिक उपाध्यक्ष, रश्मि आचार्यले सचिव र उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ ।
गण्डकीमा सर्वसम्मत नेतृत्व चयन गर्न भएको प्रयास असफल भएपछि नेताहरू समूहगत रूपमै निर्वाचन प्रतिस्पर्धामा जान लागेका हुन् ।
मंगलबार बेलुका पनि एमाले महासचिव शंकर, नेताहरू पृथ्वी सुव्बा गूरुङ, गोकर्ण विष्ट, पद्यमा अर्यालबीच सर्वसहमतिमा नेतृत्व चयनका लागि भएको छलफलमा सहमति जुट्न नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म
-
म्याग्दी पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा