बेगनासतालमा एक युवक मृतावस्थामा फेला
बुधबार, १७ असोज २०८०, १५ : ५४

लेखनाथ । पोखरा–३१ लेखनाथ अलैँची कुनास्थित बेगनासतालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले प्यूठान मलरानी गाउँपालिका–४ का २२ वर्षीय अनिश श्रेष्ठ मृतावस्थामा फेला परेको बताए ।
उनका अनुसार श्रेष्ठको शवपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । इलाका प्रहरी कार्यालय सिसुवाबाट सात जनाको प्रहरी टोली घटनास्थल पुगी राति नै शव तालबाट बाहिर निकालेको थियो । नागरिकताका आधारमा मृतकको परिचय खुलेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न