बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दोहोरो अंकले घट्यो नेप्से, कारोबार १ अर्ब १० करोडमा सीमित

बिहीबार, १८ असोज २०८०, १५ : ३६
बिहीबार, १८ असोज २०८०

 काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ११.०४ अंकले घट्दै १९ सय ५६.९२ विन्दुमा झरेको हो । 
आज सेन्सेटिभ इन्डेक्स समेत १.५३ अंकले घटेर ३७३.३७ अंकमा झरेको नेप्सेले जनाएको छ ।  यस दिन म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक १.१७ प्रतिशतले घटेको छ । 

उसो त झण्डै १२ अंकले नेप्से सूचक घटेको यस दिन कारोबार रकम समेत घटेर १ अर्ब १० करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो दिन १ अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप