समाचार
पाँच सय जरिवाना तिरेर छुटे आचार्य श्रीनिवास
बिहीबार, १८ असोज २०८०, १९ : ५९
काठमाडौँ । धार्मिक उत्तेजना फैलाउने अभिव्यक्ति दिएपछि पक्राउ परेका आचार्य श्रीनिवास रिहा भएका छन् । उनलाई ५ सय जरिवाना तिराएर रिहा गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाले आचार्यलाई बिहीबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । त्यसको केही घण्टापछि आचार्य पाँच सय रुपैयाँ जरिवाना तिरेर रिहा भएका हुन् । धनुषाका एसपी विश्वराज खड्काले आचार्य बिहीबार साँझ रिहा भएको जानकारी दिए । उनका अनुसार धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले उनलाई जरिवाना गरेर रिहा गर्ने आदेश दिएका थिए ।
असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको एक कार्यक्रममा उनले उत्तेजक अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले समाजमा नकारात्मक असर पर्ने र हिंसा भड्किन सक्ने भन्दै सार्वजनिक रुपमा विरोध भएपछि मंगलबार सुनसरीबाट प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण