सिरिया : दीक्षान्त समारोहमा ड्रोन हमला हुँदा कम्तीमा १ सय जनाको मृत्यु

दामास्कस । सिरियाको होम्स सहरमा रहेको सैन्य एकाडेमीमा भएको ड्रोन हमलामा कम्तीमा १ सय जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । विस्फोटकसहितको ड्रोन एकाडेमीमा आयोजित दीक्षान्त समारोहलाई लक्षित गरी प्रहार गरिएको थियो ।
घटनामा मारिनेमा क्याडेटका परिवारसहित महिला र बालबालिका रहेका छन् । सेनाले अन्तर्राष्ट्रिय शक्तिको समर्थन प्राप्त आतङ्कवादी समूहले यो घटना घटाएको आरोप लगाएको छ ।
सरकारविरुद्ध अभियान चलाइरहेका कुनै पनि विद्रोही र जिहादी समूहले हालसम्म घटनाको जिम्मेवारी लिएको छैन । उक्त हमला विद्रोही पक्षको नियन्त्रणमा रहेको होम्सको उत्तर–पश्चिम क्षेत्रबाट प्रहार गरिएको अनुमान गरिएको छ ।
सिरियाको सरकारी समाचार एजेन्सी सानाले सशस्त्र बलका प्रमुखको विज्ञप्तिलाई उद्धृत गर्दै एकाडेमीमा दीक्षान्त समारोह सकिए लगत्तै अपराह्न विस्फोटसहितका ड्रोन प्रहार भएको जनाएको छ । त्यस्तै, स्वास्थ्यमन्त्री हसन अल–गाबसलाई उद्धृत गर्दै आक्रमणमा २ सयजना भन्दा बढी रहेको र मारिनेमा ६ जना महिला र ६ जना बालबालिकासमेत रहेको जानकारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर