इजरायलमा रहेका नेपालीको सरकारले सुरक्षाको सुनिश्चितता गरोस् : शिशिर खनाल
आइतबार, २१ असोज २०८०, १३ : ५५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले इजरायलमा रहेका नेपालीको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद खनालले इजरायलमा हिजो भएको हमलाबाट अत्यन्तै दुःखी भएको बताउँदै त्यहाँ अध्ययन र रोजगारीको सिलसिलामा बसोबास गरिरहेका हजारौं नेपाली दाजुभाई दिदीबहिनीको सुरक्षाको अवस्थाबारे अत्यन्तै चिन्तित रहेको बताए ।
उनले इजरायलमा रहेका नेपाली नागरिकसँग सक्रिय सम्पर्क गरी उनीहरुको सुरक्षाको सुनिश्चितता मानवीय हीतको प्रत्याभूति गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन