मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

इजरायलका लागि नेपाली राजदूतको क्षमतामाथि रास्वपाले उठायो प्रश्न

मङ्गलबार, २३ असोज २०८०, १४ : ५७
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पार्टीगत राजदूत चयन गर्दा कमजोरी बढेको बताएका छन् ।  

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले इजरायल घटनामा पनि राजदूतावास र राजदूतको क्षमतामा प्रशस्त प्रश्न उठेको बताए । 

सांसद खनालले सरकारले समयमै आवश्यक पहलकदमी नलिँदा जनतामा सरकार छ भन्ने आशा गुमेको बताए । क्राइसिसको बेलामा क्षमताका कुराहरु बढी प्रमुख रुपमा देखिने गरेको भन्दै उनले सम्भावित घटना भए कसरी अग्रसरता देखाउने भन्ने बारेमा सक्रियता बढी देखाउनुपर्ने बताए ।

सांसद खनालले पीडित विद्यार्थीले पनि राजदूतावासमाथि प्रश्न उठाएको भन्दै संवेदनशील मुलुकमा कस्ता राजदूत पठाउने भन्नेबारे सोच्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप