आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

इजरायलमा नेपालीको उद्धारमा सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय

बुधबार, २४ असोज २०८०, १६ : ५६
बुधबार, २४ असोज २०८०

काठमाडौँ । इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर रूपमा लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल र गाजाबीचको घटनापछि समस्यामा परेका विद्यार्थीहरूलाई उद्धार गरी स्वदेश फर्काउन सरकार गम्भीर रूपमा लागेको जनाएको हो । 

परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै प्रवक्ता सेवा लम्सालले घाइतेको उपचार जारी रहेको, घर फर्किन चाहनेको लागि उद्धारको कार्यमा गम्भीर रूपमा लागेको बताइन् ।  हाल दुई जना विद्यार्थी डिस्चार्ज भइसकेको बताइन् । २ जना अझै उपचारको क्रममा रहेको र सम्पर्कबिहिन रहेका १ जनाको खोजीका लागि निरन्तर लागिरहेको बताइन् । 

सम्पर्कविहिन बनेका बिपिन जोशीको खोजीका लागि सरकारले इजरायल सरकारसँग गम्भीर भएर लागेको बताइन् । गाजा क्षेत्र नजिक रहेका ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाई छ । त्यस्तै ७२ जनालाई थप सुरक्षित स्थानमा सारिएको उनको भनाई छ ।

मृतकको शव नेपाल ल्याउन समेत सरकारले प्रयास गरिरहेको बताइन् । ‘सबै मृतकको शव इजरायल सरकारको संरक्षणमा राखिएको छ । त्यहाँबाट सबै प्रकृया पुरा गरेर हामीलाई हस्तान्तरण गरेपछि हामी ल्याउँछौं ।’ उनले भनिन् । 

शव नेपाल ल्याएर मृतकका आफन्तहरूलाई बुझाउने उनको भनाई छ । यसका लागि नेपालस्थित इजरायली दूतावास र इजरायलस्थित नेपाली दूतावास सक्रिय भएर लागेको उनको भनाई छ । 

आज र २५० सिट क्षमताको वाइड बडी जहाज त्यसतर्फ जान लागेको उनको भनाई छ । त्यस्तै इजरायलको व्यवसायीक उडानमार्फत फर्किन चाहनेलाई सहजिकरण गर्न सरकार तयार रहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप