बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

म्याग्दीमा सुरु भयो मोनाको पाँचौ महाधिवेशन

शुक्रबार, २६ असोज २०८०, १९ : ०६
शुक्रबार, २६ असोज २०८०

पोखरा । म्याग्दी प्रवासी नेपाली संघ (मोना) को पाँचौ महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको छ । विभिन्न पेसा र व्यवसायका लागि विश्वभर छरिएर रहेका म्याग्देलीहरुको साझा संस्था मोनाको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा नेतृत्वका लागि दुईजनाको उम्मेदवारी दर्ता भएको छ । हालका वरिष्ठ उपाध्यक्ष ददीवल खड्का र सल्लाकार मीम पुर्जाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । खड्का जापान र पुर्जा नेदरल्याण्डमा बसोबास गर्छन् ।

मोनाले म्याग्दीको विकास र विपदमा सहकार्य गर्दै आएको छ । महाधिवेशनको उद्घाटन गर्दै कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा (खम्बीर) ले कर्मले जुन भूगोलमा पुगेपनि देश र जिल्लालाई आवश्यक पर्दा काँध थाप्न तयार हुनुपर्ने बताए । मोनाले गरेका कामले जिल्लाकै शिर उँचो भएको भन्दै उनले विगतको विरासत नभुल्न सुझाए । 

महाधिवेशनमा २८ देशबाट प्रतिनिधि सहभागी भएका छन् । नयाँ कार्यसमिति चयन भएपछि महाधिवेशन सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप