म्याग्दीमा सुरु भयो मोनाको पाँचौ महाधिवेशन
पोखरा । म्याग्दी प्रवासी नेपाली संघ (मोना) को पाँचौ महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको छ । विभिन्न पेसा र व्यवसायका लागि विश्वभर छरिएर रहेका म्याग्देलीहरुको साझा संस्था मोनाको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा नेतृत्वका लागि दुईजनाको उम्मेदवारी दर्ता भएको छ । हालका वरिष्ठ उपाध्यक्ष ददीवल खड्का र सल्लाकार मीम पुर्जाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । खड्का जापान र पुर्जा नेदरल्याण्डमा बसोबास गर्छन् ।
मोनाले म्याग्दीको विकास र विपदमा सहकार्य गर्दै आएको छ । महाधिवेशनको उद्घाटन गर्दै कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा (खम्बीर) ले कर्मले जुन भूगोलमा पुगेपनि देश र जिल्लालाई आवश्यक पर्दा काँध थाप्न तयार हुनुपर्ने बताए । मोनाले गरेका कामले जिल्लाकै शिर उँचो भएको भन्दै उनले विगतको विरासत नभुल्न सुझाए ।
महाधिवेशनमा २८ देशबाट प्रतिनिधि सहभागी भएका छन् । नयाँ कार्यसमिति चयन भएपछि महाधिवेशन सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण