शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलसँग नेपाललाई १८ करोड व्यापार घाटा

शनिबार, २७ असोज २०८०, १३ : ५१
शनिबार, २७ असोज २०८०

काठमाडौँ । चालू आर्थिक वर्षको दुई महिनामा इजरायलसँगको व्यापारमा नेपालले १८ करोड ४६ लाख रुपैयाँभन्दा बढीको घाटा ब्यहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन र भदौ महिनामा नेपालले उक्त व्यापार घाटा ब्यहोरेको हो ।

इजरायल यतिबेला छिमेकी देश प्यालेसटाइनको युद्धमा होमिएको छ । गाजाबाट विद्रोही समूह हमासले हवाई र स्थलमार्गबाट हमला गरेपछि त्यसको जवाफी कारबाहीमा इजरायल होमिएको हो । तथ्यांकअनुसार इजरायलबाट चालू वर्षको सो अवधिमा १८ करोड ७३ लाखभन्दा धेरैको वस्तु आयात भएको छ ।
यस्तै, यस अवधिमा नेपालबाट जम्मा २६ लाख ४८ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । इजरायलबाट नेपालमा मूख्यगरी ‘कन्सन्ट्रेट अफ नन अल्कोहलिक सफ्ट ड्रिंक’ आयात हुन्छ । यस अवधि यो वस्तुको आयातमा नेपालबाट १७ करोड ५५ लाख २३ हजार बाहिरिएको छ ।

यसबाहेक, केही मात्रामा खाद्यान्न, ट्वाइलेट वाटर, कस्मेटिक्सका सामाग्री लगायतका वस्तु आयात हुन्छ । यस्तै, नेपालबाट ग्रीन टी, तरकारी, चुइगम, खैनी, गुट्का, जर्सी, महिलाको ज्याकेट लगायतका वस्तुको निर्यात हुन्छ । यस्तै, गरगहना र म्यूजिकल इन्स्ट्रमेन्ट्स सामाग्री समेत निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप