मधेस प्रदेश प्रमुखसमक्ष जनलोकपाल आयोगको वार्षिक प्रतिवेदन पेस
सोमबार, २९ असोज २०८०, २२ : ४०
महेन्द्रनगर । मधेस प्रदेशका प्रमुखसमक्ष जनलोकपाल आयोगको दोस्रो प्रतिवेदन पेश भएको छ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष प्रदेश जनलोकपाल आयोगका अध्यक्ष रामसहाय राय यादवको नेतृत्वमा गएको टोलीले आज आव २०७९–८० को दोस्रो वार्षिक प्रतिवेदन पेस गरेको हो ।
‘प्रदेश जनलोलपाल ऐन, २०७७’ को दफा (३१) को उपदफा (१) व्यवस्थाबमोजिम प्रतिवेदन पेस भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले बताए । प्रदेश जनलोकपाल कार्यालय जनकपुरधाममा विभिन्न माध्यमबाट ३२ वटा उजुरी परेको र त्यसमा धेरैजसो स्थानीय तहमा भएको भ्रष्टाचार र अनियमिततालाई छानबिन गरी प्रक्रिया अन्तिम चरणमा रहेका छन् ।
सो अवसरमा जनलोकपाल सदस्य राजकिशोरप्रसाद साह, शोभाकुमारी महतो, कार्यालय प्रमुख जयकुमार राउत, प्रशासन प्रमुख जीतेन्द्र यादवलगायतका कर्मचारी उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
-
कैलालीको गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो प्रस्टीकरण
-
सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवलदारको मृत्यु, २ जना घाइते
-
अष्ट्रेलियाले लियो टर्कीबिरुद्ध १ गोलको अग्रता
-
रास्वपा लुम्बिनी प्रदेश सभापति घिमिरे निर्वाचित, औपचारिक घाेषणा हुन बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण