दुई स्वीडिस नागरिकको हत्यापछि बेल्जियम र स्वीडेनबिचको खेल स्थगित
ब्रसेल्स । ब्रसेल्समा दुई स्वीडिस नागरिकको गोली हानी हत्या गरिएपछि सोमबार बेल्जियम र स्वीडेनबिच भएको युरो २०२४ को छनोट खेल हाफटाइममा रद्द गरिएको छ ।
घटना खेल सुरु हुनभन्दा केही घण्टा अघि भएको थियो । यसलाई आतङ्कवादी घटनाका रूपमा अनुसन्धान भइरहेको छ । आक्रमणकारी अझै फरार रहेका छन् ।
खेल रद्द भएपछि समर्थक र खेलाडीहरूलाई केही समय किङ्ग बाउडोइन स्टेडियममा बस्न भनिएको थियो । त्यसपछि उनीहरूको उद्धार कार्य सुरु गरिएको थियो । स्वीडेनको टोलीलाई विमानस्थलसम्म सुरक्षाका साथ पुर्याइएको थियो भने स्वीडिस समर्थकलाई पनि प्रहरी सुरक्षाबिच सहरसम्म पुर्याइएको थियो ।
स्वीडेनका म्यानेजर जेन एन्डरसनले आफूहरूले घटनाबारे हाफटाइममा मात्र थाहा पाएको जानकारी दिए । मारिने स्वीडिस नागरिक युरो २०२४ को छनोट खेल्न हेर्नकै लागि ब्रसेल्स आएका थिए वा थिएनन् भन्ने चाहिँ खुलेको छैन ।
सामाजिक सञ्जालमा सेयर गरिएको एक भिडियोमा एक अरबी भाषा बोल्ने व्यक्तिले ‘अल्लाह’ को नाममा यो घटना गराएको दाबी गरेका छन् । खेल रद्द हुँदा १–१ गोलको अवस्थामा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण