बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

डिप्रेसनको उपचारमा व्यायाम ठिक कि औषधि ?

मङ्गलबार, ३० असोज २०८०, ११ : २९
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । एङ्जाइटी वा डिप्रेसनको उपचारमा दौडिने व्यायाम औषधि जत्तिकै प्रभावकारी हुन सक्ने नयाँ अनुसन्धानले देखाएको छ । यी दुवै समस्या एउटै व्यक्तिमा हुँदा समस्या खप्टिने भएकोले नेदरल्याण्डका अनुसन्धानकर्ताहरूले यी दुवैलाई काम गर्ने उपर्युक्त तरिका खोजिरहेका थिए । 

यस क्रममा डिप्रेसन कम गर्ने औषधि वा जीवनशैलीमा हस्तक्षेप गर्दा कुन तरिकाले मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यको निश्चित पक्षहरूमा अपेक्षित प्रभाव पर्छ भनेर हेरिएको थियो । एन्टीडिप्रेसन्टको साथसाथै दौडले एङ्जाइटी, डिप्रेसन र समग्र स्वास्थ्यमा पार्ने असरको तुलना गरिएको थियो । 

एन्टीडिप्रेसन्ट सुरक्षित र प्रभावकारी हुन्छन् । यसले अधिकांश मानिसमा काम गर्ने सो अध्ययनका सह–लेखक तथा आम्स्टड्र्यामस्थित भ्रिज विश्वविद्यालय प्राध्यापक ब्रेन्डा पेन्निक्स भन्छिन् । डिप्रेसनको उपचार नगरी बस्दा स्थिति झनै खराब हुन्छ । त्यसैले पनि एन्टीडिप्रेसन्टलाई राम्रो विकल्पको रूपमा हेरिएको हो । तर सबै बिरामीमा यसले काम गर्दैन । केही बिरामी औषधि खानै नमान्ने पनि हुन्छन् । यो अध्ययनमा अवसाद, व्याकुलता वा दुबै भएका बिरामीहरुमा रनिङ थेरापी ठिक हुन्छ कि एन्टीडिप्रेसन्ट औषधि भनेर अध्ययन गरिएको थियो । 

१६ हप्ताको परीक्षणमा सहभागीहरूलाई २ समूहमा बाँडेर एउटालाई औषधि सेवन गर्न दिइयो अनि अर्कोलाई हरेक हप्ता २÷३ पटक ४५ मिनेट समूहमै दौडाइयो । यो परीक्षणपछि दुवै समूहमा डिप्रेसन र एङ्जाइटीको लक्षणमा ४४ प्रतिशत सुधार आएको पाइयो । 

दौडिने समूहमा तौल र कम्मरको आकार घटेको थियो । रक्तचापमा सुधार आएको थियो भने मुटुको स्वास्थ्यमा पनि सुधार देखियो । औषधि सेवन गरेका समूहमा भने यी पक्षहरू झनै खस्किए । डाक्टरहरूले व्यायामलाई पनि साइकोथेरापी र औषधि जस्तै औपचारिक उपचारको रूपमा हेरिरहेका छन् । माथिको अध्ययनमा व्यायाम औषधि जत्तिकै प्रभावकारी भेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप