संघीयताको कार्यान्वयन तीव्र गतिमा भएन : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संघीयताको कार्यान्वयन तीव्र नभएको बताएका छन् ।
मंगलबार पत्रकारसँग दसैँको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै शर्माले संघीयता कार्यान्वयनमा जटिलताहरु रहेको बताएका हुन् ।
संघीयता कार्यान्वयनमा केही अपुगताहरु रहेको बताउँदै शर्माले भने,‘ जुन तरिकाले संघीयता लागु हुनुपर्थ्यो त्यो अनुसार भएको छैन ।जनसंख्यालाई मात्र नभई भौगोलिकताका हिसाबले पनि हेर्नुपर्छ । विगतदेखिनै पछाडि पारिएको कर्णालीले क्षतिपूर्ति पाउनुपर्छ भनेर हामीले भन्दै आएका छौँ ।’
प्रशासनिक रुपमा पनि जटिलता रहेको उनको भनाइ छ । संघीयता लागु भएपश्चात प्रदेशमा कानुनहरु समेत आवश्यकता अनुसार बन्न नसकेको शर्माले बताए । कानुनी हिसाबले समेत आफूहरु कमजोर रहेको उनको भनाइ छ ।
‘कानुनहरु पनि संघीयताको स्पिड अनुसार बन्नसक्नुपथ्र्यो, त्यो अनुसार बनेनन्,’ उनले भने,‘ हाम्रा केही काम गर्ने सन्दर्भमा अफ्ठ्यारा, जटिलताहरु रहेका छन् ।’
समस्याको समाधान गर्नका लागि आफूहरु लागिरहेको र संघीय सरकारलाई झक्झक्याउने काम पनि भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी तीन दिन देशका विभिन्न साना नदीमा बहाव बढ्ने
-
धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्ने
-
उपराष्ट्रपति यादव रुसको स्वागत समारोहमा सहभागी
-
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
-
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित, तीन स्थानमा पूर्ण अवरोध
-
दीर्घकालीन कर्जामा ब्याज पुँजीकरणको बाटो खुल्यो, आम्दानी नै नभई ब्याज तिर्नुपर्ने व्यवस्था अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण