मुलपानीमा क्रिकेट: हतारको काम लतार (तस्बिरहरू)
काठमाडौँ । मुलपानी क्रिकेट ग्राउन्डले बुधवार टी ट्वान्टीमा डेब्यु गरेको छ । डेब्यू मै व्यवस्थापन भने हतारको काम लतार जस्तो भएको छ ।
नेपाल, युएइ र हङ्कङ्गबीच हुन लागेको टी ट्वान्टी क्रिकेटको अधिकांश खेल मुलपानीमा हुने तालिका छ, तर तयारी भने निकै फितलो छ । ट्राइ नेसन सिरिजको पहिलो खेल नेपाल र युएइबीचको खेल हेर्न विभिन्न स्थानबाट मुलपानी पुगेका दर्शकलाई ग्राउन्ड वरपरको अवस्थाले निकै गिज्याएको छ ।
मंगलबार बिहानै परेको पानी जम्दा व्यवस्थापनले ग्राउन्ड सुख्खा बनाउनको लागि अन्यत्र रहेको फोहोरलाई ल्याएर थुपारेको छ । फोहोर लुकाउनको लागि केही स्थानमा कालो कार्पेट पनि राखिएको छ तर यसले न त फोहोर नै छोपेको छ न त व्यवस्थापकको लाज नै ।
अझ दर्शकहरू त फलामको फ्रेममा काठले अड्याएको “अस्थायी प्यारापिट” मा बस्न बाध्य छन् । कति जनाको लागि छुट्टाइएको र कति भार थेग्न सक्छ भन्ने थाहा नभएको यो असुरक्षित स्थानमा बसेर भए पनि आफ्नो देशलाई समर्थन गर्न भने मानिसहरू आइरहेका छन् ।
_zS1PXXYRDu.jpg)
“के गर्नु आफ्नो देशको खेल हो हेर्न आउन मन लागिहाल्छ । टिनमै बसेर भए पनि देशलाई सपोर्ट त गर्नै पर्यो ।” टिकट काटेर दर्शकको लागि छुट्टाइएको क्षेत्रमा जाँदै गर्दा एक खेल प्रेमीले रातोपाटीलाई भने ।
अझ लज्जाको विषय त दसकौँ लगाएर अझै पनि निर्माण सम्पन्न हुन नसकेको दर्शक बस्ने प्यापिटसम्मको बाटो हो । फोहोर पेलेर माटोमा मिलाएर बाटो बनाउन खोजे पनि फोहोरका अवशेषले दर्शकलाई मज्जाले स्वागत गरिरहेको छ । फोहोर र प्लास्टिकका अवशेषलाई कुल्चदैं दर्शकहरू खेल हेर्न पुग्न बाध्य छन् ।
_9pk24f6oMG.jpg)
“यो बाटो पनि हिजो बेलुकी मात्रै रोलर ल्याएर पेलेको हो । नभए यहाँबाट जाने बाटो कहाँ हुनु ?” एक जना स्थानीयले रातोपाटीलाई भने ।
_FsUnFJeiw5.jpg)
दसैँको बेला पारेर हतार हतार खेल खेलाउने निर्णय गरेको क्यानले अझ मिडियाको लागि बनाएको प्रवेश द्वार त च्यातिएको पाल टाँगेर बनाइएको छ । क्रिकेट ग्राउन्ड भनिए पनि उचित प्रवेशद्वार र बहिर्गमन द्वार नै छैन ।
ग्राउण्डको अवस्थालाई मात्रै विशेष ध्यान दिएको क्यानले न त दर्शकको बस्ने व्यवस्थाबारे ध्यान दिएको छ न त ट्वाइलेटको व्यवस्थापन नै । प्लाइले बारेर सेतो पर्दा हालेर क्यानले लाज छोप्न खोजेको छ तर बेलाबेलामा चल्ने हावाले ती सबै कुरा उडाइदिन्छ अनि व्यवस्थापन पक्ष उदाङ्गो हुन्छ ।
_Na1XYYuMHd.jpg)
_FFOxJLOuJF.jpg)
_gV3Q1dcr77.jpg)
_jOXlw3GYpL.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण