सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पठाओ दसैँ महोत्सवमा नवराज बोगटी र बिसन सिंहले जिते यामाहा रे जेडआर

बुधबार, ०१ कात्तिक २०८०, १५ : १५
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । ‘पठाओ दसैँ महोत्सव-२०८०' को बम्पर पुरस्कार अन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशन सिंह कोट्टारीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर जित्न सफल भएका छन् ।

काठमाडौँ उपत्यकामा सेवा प्रदान गरिरहेका बाइक राइडर, पठाओ क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन) गरी तोकिएको मापदण्ड पूरा गरेका कुल ५८५ जना मध्ये गोला प्रथाद्वारा बम्पर पुरस्कार प्रदान गरिएको हो ।

विजेता दुवै जनालाई पठाओ नेपालका असिम मान सिंह बस्न्यात र एम. ए. डब्लु. इन्टरप्राइजेज प्रालिका दीपक रौनियारले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर हस्तान्तरण गरेका छन् । गोला प्रथाद्वारा प्रदान गरिएको बम्पर पुरस्कारको कार्यक्रम पठाओ नेपालको सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।

बम्पर पुरस्कार विजेता पठाओ क्याप्टेन नवराज बोगटी २०२२ मेमा पठाओमा आबद्ध भई करिब ३ हजार ट्याक्सी राइड पूरा गरेका चालक हुन् । त्यस्तै बम्पर पुरस्कारकै अर्का विजेता पठाओ राइडर विशन सिंह कोट्टारी २०२१ जनावरीदेखि पठाओमा आबद्ध भई ५ हजार बढी वटा बाइक राइड पूरा गरेका राइडर हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप