बकैयामा शुक्रबार शोक बिदा
बिहीबार, ०२ कात्तिक २०८०, १४ : १३
हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाले कात्तिक ३ गते शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकामा कार्यरत सव–इन्जिनियरको दुर्घटनामा मृत्यु भएपछि पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले ३ गते शोक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाको कार्यरत पूर्वाधार विकास शाखाका असिस्टेन्ट सव–इन्जिनियर सरोज महतोको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । दसैँ मनाउन अफिसबाट छुट्टी लिएर जनकपुरस्थित घर जाने क्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरमा बुधवार मोटरसाइकल दुर्घटना हुँदा महतोको मृत्यु भएको हो ।
महतो पालिकामा एक महिना अगाडि मात्रै भरतपुर महानगरपालिकाबाट सरुवा भई आएका थिए । महतोको निधनमा बिहीबार पालिकाले एक सूचना जारी गर्दै शुक्रवारका लागि शोक बिदा दिएको जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण