नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो

काठमाडौँ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक प्रहरी निरीक्षक (असई)मा दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई मागेको हो।
जारी सूचनामा जनपद प्रहरी समूहतर्फ इन्स्पेक्टर र असई पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको उल्लेख छ ।
प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार स्नातक उत्तीर्ण हुनुपर्ने र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने गरी शैक्षिक योग्यता तोकिएको छ ।
प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।
प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्सालले आज निकालेको सूचनामा उल्लेख छ ।
आगामी मङ्सिर २९ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
-
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ
-
जस्मिन पेन्ट्सले उत्कृष्ट ५० डिलरलाई अष्ट्रेलिया भ्रमणमा पठायो
-
लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोह सुरु