शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

‘रिमै’को फष्टलुक पोस्टर सार्वजनिक

सोमबार, २९ वैशाख २०८२, ११ : १३
सोमबार, २९ वैशाख २०८२

काठमाडौंँ । खिल बहादुर गुरुङको निर्देशन रहेको फिल्म ‘रिमै’को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार बुद्ध जयन्ती अवसर पारेर फिल्मका एकसाथ तीन फरक फरक पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्टरमा फिल्मको प्रदर्शन मिति आगामी भदौ २७  बताइएको छ । सार्वजनिक तीन पोस्टर मध्ये पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र रिस्मा गुरुङ प्रस्तुत छन् । 

दोस्रो पोस्टरमा उनीहरुसँगै अभिनेत्री गौमाया गुरुङलाई पनि स्थान दिइएको छ । तेस्रो पोस्टरमा दयाहाङ, रिस्मा र गौमायासहित सवैजसो मुख्य कलाकार अटाएका छन् । 

सार्वजनिक पोस्टरले गुरुङ संस्कार अनुसार पात्रहरूलाई प्रस्तुत गरिएको बुझ्न सकिन्छ । पोस्टरले फिल्मप्रति दर्शकमा उत्साह पैदा गर्ने विश्वास गरिएको छ । 

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको रूपमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप