आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चेल्सी र आर्सनल रोकिए, युनाइटेड विजयी

आइतबार, ०५ कात्तिक २०८०, ०६ : २०
आइतबार, ०५ कात्तिक २०८०

लण्डन । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै आर्सनलले प्रिमियर लिगमा चेल्सीलाई २–२ को बराबरीमा रोक्न सफल भएको छ ।

शनिबार भएको खेलमा चेल्सीले खेलको १५ औँ मिनेटमा नै अग्रता लिएको थियो । कोल पाल्मरले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै मिखाइलो मुड्रकले टोलीको अग्रता दोब्बर बनाएपछि चेल्सीले खेलमा नियन्त्रण बनायो ।

तर, खेलको अन्त्यतिर आर्सनल खेलमा फर्कियो । ७७ औँ मिनेटमा डेक्लन राइसले चेल्सीका गोलकिपर रोबर्ट सान्चेजको गल्तीको फाइदा उठाउँदै खेल बराबरी गरे । खेलको ८४ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डले आर्सनलका लागि बराबरी गोल फर्काए । 

बराबरीपछि आर्सनलले शीर्ष स्थानमा रहेको सिटीसँग अङ्क बराबरी गरेको छ । सिटी र आर्सनल दुवैको २१ अङ्क रहे पनि गोल अन्तरको आधारमा आर्सनल दोस्रो स्थानमा छ । १२ अङ्क रहेको चेल्सी लिगको १० औँ स्थानमा सीमित छ ।

manchester united

शनिबार नै भएको अन्य खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई २–१ गोलले हरायो । खेलको २८ औँ मिनेटमा स्कट म्याकटोमिनीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

तर, लगत्तै ओली माक्यबर्नीले पेनाल्टीबाट सेफिल्डका लागि गोल फर्काए । खेल बराबरीतर्फ अघि बढिरहँदा ७७ औँ मिनेटमा डिओगो डालोटले गोल गर्दै युनाइटेडलाई जीत दिलाए । युनाइटेडका म्यानेजर एरिक टेन हागले यो गोल सर बबी चाल्र्टनलाई समर्पित गरे ।

त्यस्तै, अर्को खेलमा न्युक्सालले क्रिस्टल प्यालेसलाई ४–० को अन्तरले हराएको छ । जीतपछि युनाइटेड १५ अङ्क लिएर आठौँ स्थानमा छ । न्युक्यासल १६ अङ्कसहित लिगको पाँचौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप