सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोकथा

दसैँमा मात्र गाइने भजन

युवापुस्तामा चासो नहुँदा लोप हुने चिन्ता
सोमबार, ०६ कात्तिक २०८०, ०९ : ०६
सोमबार, ०६ कात्तिक २०८०

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी 

पाल्पा । पाल्पाको तानसेनस्थित एक मन्दिरमा दसैँमा मात्र एउटा भजन गाउने गरिन्छ । तानसेन नगरपालिका–३, भगवती मन्दिरमा दसैंको घटस्थापनादेखि नवरात्रभर लोपोन्मुख डाफा भजन गाइने गरेको हो । 

bhajan (1)

यो भजन सेनकालिन भएको तानसेन टक्सारका ज्येष्ठ नागरिक मंगलमान बज्राचार्यले जानकारी दिए । यो भजन वर्षमा एक पटक पाल्पाको भगवती मन्दिर परिसरमा मात्र गाइन्छ । तर यसको संरक्षण हुन नसक्दा परम्परागत संस्कृति नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकेको हो । 

bhajan (2)

तानसेनमा डाफा भजन गाउन र यसको रागका साथै ताल मिलाउन जान्ने दुई जना मात्र छन् । भजनगुरु ज्ञानुकुमार बज्राचार्य र मंगलमान बज्राचार्यले गरेका हुन्छन् । दुवैले दुई समूहको नेतृत्व गर्छन् । हातमा हार्मोनियम, तबला बजाउँदै अगाडी राखिएका भजनको पाना हेर्दै गाउन भने अरूले पनि सहयोग गर्छन् ।

bhajan (3)

 हार्मोनियम र तबलासँगै मुजुरा, झ्यालीको ताल पनि मिलाइन्छ । खासमा डाफा भजन भने मृदङ्गा र झ्याली बजाएर डाफा भजन गाइने भए पनि यसलाई परिष्कृत गर्दै लगिएको छ । पछिल्लो समयमा युवापुस्तालाई कुनै पनि भजन कीर्तनमा खासै चासो छैन । एकातर्फ वयोवृद्ध भजन गाउनेहरूको निधनसँगै लोप हुने हो कि भन्ने चिन्ता रहेको संस्कृतिविद् मदन देउरालीले बताए ।

bhajan (4)bhajan (5)bhajan (6)bhajan (7)bhajan (8)bhajan (10)bhajan (11)bhajan (12)bhajan (13)bhajan (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप