सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

युवा नेता सन्तोष यादवको निधन

बुधबार, ०८ कात्तिक २०८०, ११ : ४१
बुधबार, ०८ कात्तिक २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष बाराका सन्तोष यादवको बुधबार निधन भएको छ । किड्नी सम्बन्धी समस्याबाट ग्रसित ३६ वर्षीय सन्तोषको उपचार वीर अस्पतालमा चलिरहेको थियो । 

उनको बिहान ३ बजे निधन भएको जसपाका प्रवक्ता मनिष सुमनले बताए । मधेश आन्दोलनलगायत अन्य विभिन्न राजनीतिक एवं समाजजिक आन्दोलनमा उनको योगदान थियो । उनको निधनले मधेशको राजनीतिमा आपूर्णीय क्षति भएको प्रवक्ता सुमनले बताए । उनका दुई जना सन्तान छन् ।

नेता सन्तोषको उपचार मेडिकेयरमा पनि भएको थियो । त्यसपछि केही समय नर्भिकमा पनि उपचार भएको थियो । नर्भिकमा अन्तिम समयमा भर्ना गरिएको थियो । डाक्टरले घर लैजान भनेपछि सन्तोषका आफन्तले त्यहाँबाट हिजो वीर अस्पतालमा भर्ना गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप