१० रन बनाएर आउट भए सन्दीप जोरा
शुक्रबार, १० कात्तिक २०८०, १२ : ३०
काठमाडौँ । आयोजक नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी—२० शृङ्खलाको फाइनल खेल भइरहेको छ । युएईविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो छैटौँ विकेट गुमाएको छ ।
नेपालले छैटौँ विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको हो । उनी १० बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै आउट भएका हुन् । उनलाई युएईका बलर जाहुर खानले मुहम्मद वसिमद्वारा क्याच गराएका हुन् । उनी आउट हुँदा नेपालले १५.१ ओभरमा ६ विकेट गुमाएर एक सय २३ रन बनाएको छ ।
युएईले टस जिती घरेलु टोली नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको थियो । निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृङ्खला खेलिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण