कन्सर्टको बिचमा फ्यानले पैसा फ्याकेपछि भड्किए आतिफ असलम
शुक्रबार, १० कात्तिक २०८०, १४ : १२
काठमाडौँ । पाकिस्तानी गायक आतिफ असलमको एउटा भिडियो बाहिरिएको छ । भिडियोमा उनी कन्सर्टमा छन् । कन्सर्टमा उनी गीत गाइरहेका थिए । यति नै बेला एक फ्यानले उनीमाथि नोटको वर्षात् गरे ।
फ्यानको यो व्यवहार आतिफलाई फिटिक्कै मन परेन । गीत गाउँदा गाउँदै अडिए । ममाथि पैसा उडाउनु भन्दा कसैलाई दान गरिदिनु भन्दै उनले ती फ्यानलाई सम्झाए ‘तपाईं धनी हुनुहुन्छ । तर यसरी पैसा वर्षाउनु अपमानजनक हो । यो त पैसाकै अपमान भयो,’ भाइरल भिडियोमा उनले भनेका छन् ।
ती फ्यानलाई स्टेजमा आएर पैसा उठाउन भने । तर उनले मानेनन् । यही विवादमा केही बेर कन्सर्ट रोकियो । कन्सर्टहरूमा फ्यानहरूले पैसा वा सामान फ्याँक्नु नौलो कुरा होइन । सन् २०२३ मा एउटा कन्सर्टमा एक महिला फ्यानले पनि अमेरिकी गायिका टेलर स्विफ्टमाथि आफ्नो ब्रासलेट फ्याकेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण