रोजगारीको लागि युएर्इ अाँउदा प्रहरी रिपोर्ट नचाहिने
बिनोद श्रेष्ठ
युएर्इ -युनाइटेड अरब इमिरेट्स (युएर्इ) सरकारले रोजगारीको लागि युएर्इ अाउने कामदारहरुले बुझाउनु पर्ने असल चारित्रिक प्रमाणपत्रको प्रहरी रिपोर्ट बुझाउने पर्ने नियमलाई लागि खारेज गरेको छ ।
युएईको मानव संशाधन मन्त्रालयले अप्रिल १ तारिक देखि लागु हुने गरी उक्त नियम तत्कालको लागि खारेज गरिएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी गराएको गल्फ न्युजले जनाएको छ। ट्वीटरमा भनिएको छ,अर्को सुचना जारी नभएसम्मका लागि यो व्यवस्था स्थगित गरिएको छ।
यता नेपाली दुताबास युएर्इले एक सुचना प्रकासित गरी संयुक्त अरब इमिरेट्स सरकारले आफ्नो मुलुकमा नयाँ कामदार भिषा (Employment or Work Visa) मा आउने विदेशी नागरिकहरूले ०४ फेब्रुअरी २०१८ देखि लागूहुने गरी Good Conduct and Behavior Certificate अनिवार्य रूपमा पेश गर्नु पर्ने नियम लागू गरेकोमा ०१ अप्रिल २०१८ देखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी रूपमा यो प्रावधान हटाएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरेको छ।
युएर्इमा गत फेब्रुअरी देखि नयाँ कामदारहरुको भिसाको लागि प्रहरी रिपोर्ट अनिवार्य गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण