सभामुखले जानकारी गराए राष्ट्रसंघका महासचिव गुटरेसले संसदलाई सम्बोधन गर्ने सूचना
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नेबारे जानकारी गराएका छन् ।
आइतबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारबाट प्राप्त पत्रहरु बाचन गरेर सुनाउँदै महासचिवले सम्बोधन गर्नेबारे जानकारी गराएका हुन् । मन्त्रिपरिषद बैठकको कार्तिक २ गते गरेको निर्णयअनुसार महासचिव गुटरेसले कार्तिक १२ गतेदेखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेको र कार्तिक १४ गते मंगलबार दिउँसो ४ बजे संसदको दुवै सदनलाई संवोधन गर्ने भनेर सरकारबाट पत्र प्राप्त भएको जानकारी गराएका हुन् ।
प्रतिनिधिसभा नियमावली २५१ मा कुनै विदेशी राष्ट्रको राष्ट्र प्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष वा संयुक्त राष्ट्रसंघका महासचिवले बैठकलाई सम्बोधन गर्ने व्यवस्थाका लागि सरकारले अनुरोध गरेमा सभामुखले अनुमति दिने सक्ने व्यवस्था रहेको छ । साथै सम्बोधन गर्ने त्यस्तो पदाधिकारीलाई सभामुखले आफ्नो आशनको दायाँतर्फ आशन ग्रहण गराउन सक्ने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण