बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रसंघका महासचिवको सम्बोधनका दिन औपचारिक पोसाकमा आउन सांसदहरूलाई सभामुखको आग्रह

आइतबार, १२ कात्तिक २०८०, १४ : ५०
आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ ।  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संसदलाई सम्बोधन गर्नेबारे जानकारी गराएका छन् । मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने संयुक्त बैठकका लागि दिउँसो ३: ४५ बजेसम्म उपस्थित हुनका लागि आग्रह गरेका हुन् । साथै औपचारिक पोसाकमा उपस्थित हुन पनि उनले सांसदहरूलाई आग्रह गरेका छन् । 

प्रतिनिधि सभाको बैठक कार्तिक १६ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप