बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

देशभर ५५ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा

आइतबार, १२ कात्तिक २०८०, १७ : २५
आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ । देशभर कृषकले चलन गरेको कुल जमिनमध्ये ५५ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधाको पुगेको छ । एक दशकअघि ५२ प्रतिशत किसानको पहुँचमा सिँचाइ सुविधा पुगेको थियो । नेपालको अघिल्लो कृषि गणनाको तुलनामा सिँचाइ सुविधाको क्षेत्रफल घटे पनि प्रतिशत भने बढेको छ । यसो हुनुमा कृषि कार्य गर्ने जमिन घट्नु मुख्य कारण रहेको जनाइएको छ । 

नेपाल कृषि गणना २०७८ अनुसार २८ लाख ८९ हजार कृषकले उपभोग गरेको १२ लाख ९ हजार हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको हो । कृषि गणना २०६८ मा २४ लाख ७२ हजार कृषक परिवारले खेती गर्ने जमिनको १३ लाख १३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको थियो । 

पछिल्लो कृषि गणना अनुसार, ७० प्रतिशत कृषक परिवारले सिँचाइ सुविधा लिएको देखिएको छ । अघिल्लो कृषि गणना अनुसार यस्ता कृषक परिवारको प्रतिशत ६५ थियो । 

सिँचाइका लागि आवश्यक पानीको मुख्य स्रोतमा ट्युबवेल, बोरिङ पाइएको छ । सातौँ कृषि गणना २०७८ का अनुसार ट्युबवेल, बोरिङबाट सिँचाइ गरिएको जग्गा जम्मा  सिँचितको ४२ प्रतिशत छ । नदी, तलाउ वा पोखरीबाट नहर, कुलो बनाएर वा पम्पले पानी तानेर सिँचाइ गरिएको जग्गा ४१ प्रतिशत छ ।  यसैगरी बाँध बाँधेर वा रिजर्भवर बनाएर सिँचाइ गरिएको जग्गा ८ प्रतिशत छ ।  यसअघिको कृषि गणनामा सिँचाइ सुविधा लिएको मुख्य स्रोत नदी, तलाउ र पोखरी पाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप