देशभर ५५ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा
काठमाडौँ । देशभर कृषकले चलन गरेको कुल जमिनमध्ये ५५ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधाको पुगेको छ । एक दशकअघि ५२ प्रतिशत किसानको पहुँचमा सिँचाइ सुविधा पुगेको थियो । नेपालको अघिल्लो कृषि गणनाको तुलनामा सिँचाइ सुविधाको क्षेत्रफल घटे पनि प्रतिशत भने बढेको छ । यसो हुनुमा कृषि कार्य गर्ने जमिन घट्नु मुख्य कारण रहेको जनाइएको छ ।
नेपाल कृषि गणना २०७८ अनुसार २८ लाख ८९ हजार कृषकले उपभोग गरेको १२ लाख ९ हजार हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको हो । कृषि गणना २०६८ मा २४ लाख ७२ हजार कृषक परिवारले खेती गर्ने जमिनको १३ लाख १३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको थियो ।
पछिल्लो कृषि गणना अनुसार, ७० प्रतिशत कृषक परिवारले सिँचाइ सुविधा लिएको देखिएको छ । अघिल्लो कृषि गणना अनुसार यस्ता कृषक परिवारको प्रतिशत ६५ थियो ।
सिँचाइका लागि आवश्यक पानीको मुख्य स्रोतमा ट्युबवेल, बोरिङ पाइएको छ । सातौँ कृषि गणना २०७८ का अनुसार ट्युबवेल, बोरिङबाट सिँचाइ गरिएको जग्गा जम्मा सिँचितको ४२ प्रतिशत छ । नदी, तलाउ वा पोखरीबाट नहर, कुलो बनाएर वा पम्पले पानी तानेर सिँचाइ गरिएको जग्गा ४१ प्रतिशत छ । यसैगरी बाँध बाँधेर वा रिजर्भवर बनाएर सिँचाइ गरिएको जग्गा ८ प्रतिशत छ । यसअघिको कृषि गणनामा सिँचाइ सुविधा लिएको मुख्य स्रोत नदी, तलाउ र पोखरी पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण