सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पुरुषको वीर्यको स्तर घटाउँदै स्मार्टफोन

बिहीबार, १६ कात्तिक २०८०, १८ : १२
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । मोबाइल फोनको प्रयोग बढेसँगै यसले मानव स्वास्थ्यमा पार्ने असरबारे अनेकौँ अध्ययन भइरहेका छन् । यसैबीच मोबाइल फोनको प्रयोगले पुरुषहरुमा पार्ने असरबारे छक्कै पार्ने कुरा बाहिर आएको छ । 

मोबाइल फोनको प्रयोगले पुरुषमा वीर्यको स्तर र संख्या अर्थात् स्पर्म क्वालिटी र क्वान्टिटी दुबै कम हुन सक्ने अध्ययनले देखाएको छ । फोन प्यान्टको खल्ती राख्नु हुन्छ कि अरु कतै भन्ने कुरा र वीर्यको स्तरबीच कुनै सम्बन्ध नभएको पनि अध्ययनले देखाएको छ ।

इलेक्ट्रोम्याग्नेटिक रेडियशन उत्पन्न गर्ने मोबाइल फोनको बारम्बार प्रयोगले वीर्यमा असर पर्ने र वीर्यको संख्या पनि कम हुन सक्ने अध्ययनले देखाएको छ । यो अध्ययनको नतिजा फर्टिलिटी एन्ड स्टेरिलिटी जर्नलमा समेत प्रकाशित भइसकेको छ । गएको ५० वर्षमा वीर्यको स्तरमा व्यापक कमी आएको छ । यसलाई बुझ्न कयौँ कारक तत्वहरूबारे अध्ययन गरिएको थियो ।

कसरी गरिएको थियो हिसाब ? 

स्वीट्जरल्यान्डको जेनेभा विश्वविद्यालयको एउटा टोलीले सन् २००५ देखि सन् २०१८ को बीचमा १८ देखि २२ वर्ष उमेरका २ हजार ८८६ जना स्वीस पुरुषहरुको डेटाको आधारमा एउटा क्रस–सेलेक्शनल अध्ययन गरेको थियो । यही क्रममा मोबाइल फोनको बारम्बार प्रयोगले स्पर्म कन्सन्ट्रेशन लो हुने थाहा भयो । हप्तामा एक पटकभन्दा धेरै मोबाइल नचलाउने पुरुषमा औसत स्पर्म कन्सन्ट्रेस ५ करोड ६५ लाख/एमएल पाइयो ।  दिनमा २० पटकभन्दा धेरै मोबाइल फोन चलाउनेको स्पर्म कन्सन्ट्रेशन ४ करोड ४५ लाख/एमएल थियो ।

अर्थात् स्पर्म काउन्ट चाँहि तपाईँले मोबाइल फोन कति प्रयोग गर्नु हुन्छ भन्नेमा भर पर्ने देखियो । स्पर्मको स्तरलाई मोबाइलको प्रयोगले मात्रै भने निर्धारण गर्दैन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्यारामिटअनुसार कुनै पुरुषको स्पर्म कन्सन्ट्रेशन १ करोड ५० लाख प्रति मिलिलिटरभन्दा कम छ भने गर्भ बस्न एक वर्षभन्दा बढी समय लाग्छ । स्पर्म कन्सन्ट्रेशन ४ करोड प्रति मिलिलिटरभन्दा कम हुँदा गर्भधारण हुने सम्भावना कम हुन्छ ।

गएको ५० वर्षमा झन्डै आधा भएको छ स्पर्म काउन्ट

केही अध्ययनका अनुसार गएको ५० वर्षमा वीर्यको स्तर घटेको छ । ५० वर्ष अघि औसतमा ९ करोड ९० लाख प्रति मिलिलिटर रहेको स्पर्म काउन्ट घटेर ४ करोड ७० लाख प्रति मिलिलिटरमा झरेको छ । पर्यावरणीय कारक अनि खानपान, रक्सी, तनाव, स्मोकिङ लगायत जीवनशैलीको कारण पनि वीर्यको स्तर खस्किएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप