महामन्त्री थापाले भने–आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । बिहीबार साँझ सामाजिक सञ्जालमा लेख्दै महामन्त्री थापाले मुद्दाको अन्तिम किनारा, पीडितको हकलगायतका विषयमा अदालतले फेरि बोलेको बताएका हुन् ।
सर्वोच्च अदालतले बिहीबार योगराज ढकाल भनिने रिगललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश दिएको थियो । सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् ।
सर्वोच्चको परमादेशपछि थापाले भनेका छन्,‘यस्तो अवस्था आएको पहिलो पटक होइन । कानुनको छिद्र प्रयोग गरेर पटक–पटक यस खालका घटनाहरू दोहोरिने गरेका छन् । आम माफीका घटना आउँदा त्यसको विरोध गर्ने, घटना सेलाउँदै गएपछि बिर्सिने प्रवृत्तिलाई अब फेरि दोहोरिन दिनु हुँदैन । यस सम्बन्धमा जे–जसरी आम माफी दिने गरिएको छ त्यसले यो प्रणालीमै प्रश्न उठ्ने गरेको छ । यसमा मुद्दाको अन्तिम किनारा गर्नुमा न्यायपालिकाको भूमिका र पीडितको न्यायको विषयको आधारमा यो प्रणालीमै पुनर्विचार गर्नुपर्नेछ ।’
महामन्त्री थापाले आम माफीसँग सम्बन्धित सम्पूर्ण कानुनलाई एकीकृत गरेर व्याख्या गर्नुपर्ने र कानुनी छिद्रहरू टाल्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण