बोक्रा ताछेर खान नहुने ५ फल
काठमाडौँ । स्वस्थ जीवनको लागि हरेक दिन ताजा फलफूल खानु पर्छ । फलमा हाम्रो शरीरलाई आवश्यक सम्पूर्ण पोषक तत्त्व पाइन्छ । जुन हाम्रो समग्र स्वास्थ्यका लागि लाभदायक हुन्छन् । फलमा फाइबरको मात्रा धेरै हुन्छ ।
अधिकांश फाइबर बोक्रामा हुन्छ । तर केही मानिसमा हरेक फलफूलको बोक्रा ताछेर मात्रै खाने बानी हुन्छ । यसरी फलफूलको बोक्रा ताछेर खाने बानीले हाम्रो शरीरमा फाइदाभन्दा धेरै हानी पुर्याउन सक्छ । बोक्रा नभएपछि फलबाट फाइबर पाइदैंन अनि कार्बोहाइड्रेट मात्रा बढ्छ । आज चाँहि हामी बोक्रासहित खानु पर्ने केही फलबारे कुराकानी गर्नेछौँ ।
स्याउ:
स्याउ बोक्रा ताछेर कहिले पनि खानु हुन्न । स्याउ बोक्रासहित खाँदा ३३२ प्रतिशत बढी भिटामिन पाइन्छ । यसरी खाँदा हाम्रो शरीरले १४२ प्रतिशत बढी भिटामिन ए, ११५ प्रतिशत बढी भिटामिन सी पाउँछ । अनि २० प्रतिशत बढी क्याल्सियम प्राप्त हुन्छ ।

अम्बा:
तपाई अम्बाको बोक्रा ताछेर खानु हुन्छ ? अम्बाको बोक्रामा ३१ प्रतिशत बढी फाइबर हुन्छ । यसमा कयौँ खाले एन्टीअक्सिडेन्ट पनि हुन्छ ।

नास्पाती:
कतिलाई नास्पातीको बोक्रा खस्रो लाग्छ । नास्पातीको बोक्रामा पोली न्यूटेंट्स जस्ता हाइड्रोक्साइबेंजोइक एसिड र फ्लाभनोएड्स हुन्छ । यी तत्त्वको मुटु र आँखाको लागि निकै लाभदायक हुन्छ । अनि यसले रक्त नलीहरूलाई पनि बलियो बनाउँछ ।

आरु:
आरुको बोक्रा पनि ताछेर खानु हुँदैन । यसको बोक्रामा एन्टीअक्सिडेन्ट्सको मात्रा ३२८ प्रतिशत धेरै पाइन्छ । यसबाहेक पनि आरुको बोक्रामा क्याल्शियम, भिटामिन, फलेट, म्याग्नेशियम, फस्फोरसको मात्रा धेरै हुन्छ । यसले क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ ।


आँप:
फलको राजा नै हो आँप । प्रायः हामी आँपको बोक्रा ताछेरै खान्छौँ । तर यसको बोक्रा पनि फाइदाजनक हुन्छ । यसमा फ्याट बर्न गर्ने क्षमता हुन्छ । आँपको बोक्रामा पोलीफेनोल्स, क्यारोटेनोएड्स, ओमेगा ३, ओमेगा ६ र पोलीस्याचुरेटेड फ्याटी एसिड पनि पाइन्छ । जसमा क्यान्सर विरुद्ध लड्ने क्षमता हुन्छ । पाकेको आँपको हामी प्रायः बोक्रा खाम्दैनौँ । तर बोक्रामा भएको गुणहरू लिन चाहनेले काँचो आँप नताछीकन खान सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वप्रधानमन्त्रीहरूको नयाँ सन्देशदेखि प्रतिनिधिसभामा विपक्षीको प्रश्नै प्रश्नसम्म
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
-
साेमबार नेकपाको भर्चुअल बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण