शंखरापुर नगरपालिकाले अनुदानमा किसानलाई दियो झन्डै ५ हजार किलो गहुँको बिउ
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाले कृषकहरूलाई अनुदानमा ४ हजार ७ सय ९२ किलो गहुँको बिउ वितरण गरेको छ । गहुँ छर्ने सिजन सुरु हुन लागेकोले कृषकहरूको मागका आधारमा उनीहरूलाई आवश्यक पर्ने मात्रामा अनुदानमा बिउ वितरण गरिएको हो ।
नुवाकोटको दुप्चेश्वरबाट नगरपालिकाको करिब ४ लाख रुपैयाँबाट ‘डब्ल्यु के बाह्र सय चार’ जातको गहुँको बिउ खरिद गरेर ल्याइएको नगरपालिकाका कृषि अधिकृत अर्जुनप्रसाद चौलागाईले जानकारी दिए ।
नगरपालिकाको वडा नम्बर ३ र वडा नम्बर ७ ले गहुँको बिउ माग नगरेको र वडा नम्बर १ र ८ ले माग गरेको बिउ नपाइएको उनले बताए । अन्य वडाले भने मागे जति बिउ पाएको अधिकृत चौलागाईले बताए ।
यसअगाडि नै सूचना जारी गरेर किसानसँग प्रतिकिलो ३५ रुपैयाँ पैसा उठाइएको र त्यसमा नगरपालिकाको बजेट थपेर माग अनुसार गहुँको बिउ खरिद गरिएको उनले बताए ।
किसानहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको उनले बताए ।
अधिकृत चौलागाईले भने– ‘किसानले मागे जति बिउ दिएका छौँ । खेतको लालपुर्जाका आधारमा जमिनको क्षेत्रफल हेरेर आवश्यकता अनुसार बिउ दिएका छौँ । बाहिर बजारमा प्रतिकिलो १५० रुपैयाँसम्म पर्ने गहुँको बिउ किसानले प्रतिकेजी ३५ रुपैयाँ अनुदानमा पाएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण