गोरखामा डोजरमा आगजनी
गोरखा । मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा काम गरिरहेको एक डोजरमा अज्ञात समूहले आगजनी गराएका छन्।
गोरखाको घ्याम्पेशाल–निबेल बीच बनियाँगाउँ खण्डमा बा २ क २३५८ नम्बरको जेसिबी एक्साभेटरमा गएराति आगजनी गराएका हुन्।
राति १२ बजे रोकिराखेको अवस्थामा डोजरमा आगो सल्किरहेको स्थानीयले देखेपछि सार्इट र्इन्चार्ज छबि कुमार थापालार्इ जानकारी गराएका थिए ।
डोजर जलेर पूर्ण क्षति भएको थापाले बताए।हालसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन । कसले किन जलायो भन्नेबारे खोजी भइरहेको गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले जानकारी दिए।
एक कामदारको भनार्इ अनुशार पेटी ठेकेदार कैलालीका सूर्य खड्काले कामदारलाई पैसा नदिई भागेपछि मजदुर र मुख्य ठेकेदारबीच भनाभन भएको थियो । घ्याम्पेशाल–निबेलको सो प्याकेजको काम एमपी–एससीएफ–पीसीसी जेभी कम्पनीले गरेको थियो।
एक घण्टा लामो मिहिनेतपछि स्थानीयबासीले पानी र माटो हालेर साढे एक बजेतिर आगो निभाएको वडाअध्यक्ष बद्री श्रेष्ठले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण