मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय प्रतियोगिता ‘हेरिटेज पिजेन्ट’को कोरियोग्राफरमा रोजिन

बिहीबार, ३० कात्तिक २०८०, ११ : ३४
बिहीबार, ३० कात्तिक २०८०

काठमाडौंँ । फेसन तथा सौन्दर्य प्रतियोगिताका चर्चित कोरियोग्राफर रोजिन शाक्य अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पिजेन्ट २०२३’को कोरियोग्राफरमा नियुक्त भएका छन् । ‘हेरिटेज पिजेन्ट २०२३’ थाइल्यान्डको बैंककमा १८ देखि २७ नोभेम्बरसम्म आयोजना हुँदै छ ।

‘हेरिटेज पेजेन्ट २०२३’को समग्र स्टेज प्रस्तुतिका लागि नेपालका शाक्य र मलेसियाका वेस्ली स कोरियोग्राफरको रूपमा नियुक्त भएका हुन् । प्रतियोगितामा कोरियोग्राफीसँंगै कार्यक्रमको सञ्चालनको जिम्मेवारी समेत आफ्नो रहेको शाक्यले बताए ।

‘हेरिटेज पेजेन्ट २०२३’ इप्लानेट पीटीई लिमिटेड, सिंगापुरले आयोजना गर्दै आएको हो । जसको अध्यक्ष सन्तोष सापकोटा रहेका छन् । कार्यक्रममा नेपाल सहित ३० बढी राष्ट्रका प्रतियोगीको सहभागिता रहनेछ । 

शाक्य हेरिटेज प्याजेन्स् बाहेक मिस मर्मेड सिंगापुर, मोडल सुपरस्टार मुम्बई, मिस तामाङ वर्ल्ड लगायतको समेतको अफिसियल कोरियोग्राफर हुन् । उनको कोरियोग्राफीमा नेपालमा दर्जनौ सौन्दर्य प्रतियोगिता आयोजना हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप