अन्तर्राष्ट्रिय प्रतियोगिता ‘हेरिटेज पिजेन्ट’को कोरियोग्राफरमा रोजिन
काठमाडौंँ । फेसन तथा सौन्दर्य प्रतियोगिताका चर्चित कोरियोग्राफर रोजिन शाक्य अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पिजेन्ट २०२३’को कोरियोग्राफरमा नियुक्त भएका छन् । ‘हेरिटेज पिजेन्ट २०२३’ थाइल्यान्डको बैंककमा १८ देखि २७ नोभेम्बरसम्म आयोजना हुँदै छ ।
‘हेरिटेज पेजेन्ट २०२३’को समग्र स्टेज प्रस्तुतिका लागि नेपालका शाक्य र मलेसियाका वेस्ली स कोरियोग्राफरको रूपमा नियुक्त भएका हुन् । प्रतियोगितामा कोरियोग्राफीसँंगै कार्यक्रमको सञ्चालनको जिम्मेवारी समेत आफ्नो रहेको शाक्यले बताए ।
‘हेरिटेज पेजेन्ट २०२३’ इप्लानेट पीटीई लिमिटेड, सिंगापुरले आयोजना गर्दै आएको हो । जसको अध्यक्ष सन्तोष सापकोटा रहेका छन् । कार्यक्रममा नेपाल सहित ३० बढी राष्ट्रका प्रतियोगीको सहभागिता रहनेछ ।
शाक्य हेरिटेज प्याजेन्स् बाहेक मिस मर्मेड सिंगापुर, मोडल सुपरस्टार मुम्बई, मिस तामाङ वर्ल्ड लगायतको समेतको अफिसियल कोरियोग्राफर हुन् । उनको कोरियोग्राफीमा नेपालमा दर्जनौ सौन्दर्य प्रतियोगिता आयोजना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण