भैँसेपाटीमा १६ लाख बराबरको चोरी
ललितपुर । ललितपुरको एक घरबाट लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । ललितपुर महानगरपालिका-१८ भैँसेपाटीस्थित कामेश्वर यादवको घरबाट नगद २ लाख रुपैयाँ, अमेरिकी डलर, भारतीय रुपैयाँ र विभिन्न सुनका गहना गरी करिब १६ लाख ८१ हजार ४ सय ८४ रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए ।
घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिले मूल गेटको ताला फोडेर चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बुंग्मतीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसअघि केन्द्रीय प्रहरीको बुलेटिनमा विनायक कोलनीबाट चोरी भएको भनिएपनि सो स्थान नभएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले स्पष्ट पारेकाले समाचार सोही अनुसार सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण