नेप्से सूचक २० अंकले वृद्धि, १ अर्ब ८ करोडको कारोबार
काठमाडौँ । बुधवार सेयर बजार परिसूचक नेप्से २० अंकमाथिले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक यस दिन २०.६७ अंकले बढेर १८ सय ५०.३३ अंकमा उक्लिएको हो ।
यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.१५ अंकले बढ्दै ३५४.२१ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
म्युचुअल फन्ड बाहेक आज सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी होटेल तथा पर्यटन समूहको उपसूचक ३.४९ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.३६ प्रतिशतले, म्यानु एण्ड प्रो समूहको उपसूचक १.८४ प्रतिशतले, फाइनान्स समूहको उपसूचक १.३१ प्रतिशतले र इन्भेस्टमेन्ट समूहको उपसूचक १.२६ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचक १ देखि २ प्रतिशतले बढेका छन् ।
म्युचुअल फन्डको उपसूचक भने आज झिनो ०.०३ प्रतिशतले घट्न पुगेको छ ।
२० अंकमाथिले नेप्से बढेको यस दिन १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको ४२ लाख १३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण