सुनको मूल्य स्थिर, चाँदीको घट्यो
बिहीबार, ०७ मङ्सिर २०८०, ११ : १२
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम रहेको जनाएको छ । महासङ्घले आजको मूल्य सूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो । यससँगै, आज हिजोकै मूल्यमा सुनको कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ छ । हिजो समेत यही मूल्यमा सुनको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ थियो । आज १० रुपैयाँले घटेर कारोबारमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण