कोलोनोस्कोपी गर्दा मान्छेको पेटमा जीवित झिँगा भेटिएपछि...

वाशिङटन डीसी । अमेरिकामा एक जना बिरामीको पेटमा जिउँदो झिँगा भेटिएको छ । मिजोरी राज्यका डाक्टरहरुले क्यान्सकार एक जना बिरामीको नियमित कोलोनोस्कोपीका क्रममा ठूलो आन्द्रामा जिउँदो झिँगा भेटेका हुन् ।
आन्द्रामा झिँगा भेटिएका व्यक्ति ६३ वर्षका पुरुष थिए । यस घटनाबारे अमेरिकन जर्नल अफ ग्यास्ट्रोएन्टेरोलोजीमा हालै समाचार पनि छापिएको थियो । आन्द्राको क्यान्सरको स्क्रिनिङ गर्न ती पुरुष अस्पताल गएका थिए । कोलोनोस्कोपी गने क्रममा ती वृद्धको आन्द्रामा झिँगा आरामले सुतिरहेको जस्तो देखिएको थियो । झिँगा ग्याष्ट्रिक एसिडबाट कसरी बच्यो भनेर डाक्टरहरु अचम्भित छन् ।
कहिलेकाँही फल वा तरकारीमा रहेको झिँगाको लार्भा खाना खाँदा पेटभित्र पुगेर लार्भाले अन्डा पार्न सक्छ । तर ती बिरामीको आन्द्राभित्र कसरी गयो भन्ने पनि अज्ञात छ । वृद्धले कोलोनोस्कोपी गर्ने अघिल्लो दिन सादा तरल मात्रै खाएका थिए ।
कोलोनोस्कोपी गर्नु २४ घण्टाअघि भने उनले पिज्जा र लेटस खाएका थिए । खानेकुरामा झिँगा वा अरु केही चिज देखेको वृद्धलाई याद छैन । कोलोस्कोपीका क्रममा डाक्टरहरुले झिँगालाई घोचेका थिए । तर झिँगा हल्लिएन । तर भिडियोमा यो जिउँदै देखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी
-
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित
-
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ
-
सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण