सरकारले गर्यो गाजामा भएको युद्धविरामको स्वागत
विपिन जोशीको रिहाइको माग
बिहीबार, ०७ मङ्सिर २०८०, २१ : २७
काठमाडौँ । नेपाल सरकारले गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ ।
बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको स्वागत गरेको हो ।
सरकारले कतार अधिराज्य, संयुक्त राज्य अमेरिका र अरब गणतन्त्र इजिप्टको कूटनीतिक प्रयासमा भएको उक्त सहमतिको प्रशंसा पनि गरेको छ ।
यस्तै सरकारले नेपाली नागरिक विपिन जोशीको रिहाइको माग गरेको छ । परराष्ट्र मन्त्रालयले जोशीको तत्काल रिहाइका लागि सम्बन्धित पक्षसँग आह्वान गरेको छ ।
बुधबार इजरायल र हमासबीच युद्धविरामको सहमति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण