तिहार र छठपछि खुलेको सेयर बजारमा ८ अंकको वृद्धि, ४ अर्ब २८ करोडको कारोबार !
काठमाडौँ । तिहार र छठपछि खुलेको सेयर बजारमा पहिलो हप्ता ८ अंकले नेप्से सूचक बढेको छ । छठपछि मङ्सिर ४ गते (सोमबार) देखि मङ्सिर ७ गते (बिहीबार) सम्म जम्मा ४ दिन खुलेको बजारमा नेप्से सूचक ८.१२ अंकले बढ्दै १८ सय ६०.२० अंकमा उक्लिएको हो ।
तिहारअघि अन्तिम कारोबार दिन कात्तिक २३ गते ११.८५ अंकले नेप्से सूचक घट्दै १८ सय ५२.०८ अंकमा अड्किएको थियो । त्यसयता १० दिन बन्द रहेको सेयर बजार सोमबारबाट मात्र खुलेको हो । चारदिन खुलेको बजारमा एकदिन मङ्गलवार (२३.८२ अंक) बाहेक तीन दिननै नेप्से सूचक बढेको छ ।
८.१२ अंकले नेप्से बढेको यससाता ४ अर्ब २८ करोड १५ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मार्केट क्यापिटलाइजेशन १५ करोडले बढ्यो
यससाता नेप्से सूचक बढेसँगै यता मार्केट क्यापिटलाइजेसन (सेयर पुँजी) समेत बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता १५ करोड १० लाख ६० हजार रुपैयाँ मार्केट क्यापिटलाइजेसन बढ्दै २८ खर्ब ६८ अर्ब १२ करोड पुगेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन यस्तो मार्केट क्यापिटलाइजेसन २८ खर्ब ५३ अर्ब १ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण