बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

तिहार र छठपछि खुलेको सेयर बजारमा ८ अंकको वृद्धि, ४ अर्ब २८ करोडको कारोबार !

शुक्रबार, ०८ मङ्सिर २०८०, १३ : २२
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । तिहार र छठपछि खुलेको सेयर बजारमा पहिलो हप्ता ८ अंकले नेप्से सूचक बढेको छ । छठपछि मङ्सिर ४ गते (सोमबार) देखि मङ्सिर ७ गते (बिहीबार) सम्म जम्मा ४ दिन खुलेको बजारमा नेप्से सूचक ८.१२ अंकले बढ्दै १८ सय ६०.२० अंकमा उक्लिएको हो । 

तिहारअघि अन्तिम कारोबार दिन कात्तिक २३ गते ११.८५ अंकले नेप्से सूचक घट्दै १८ सय ५२.०८ अंकमा अड्किएको थियो । त्यसयता १० दिन बन्द रहेको सेयर बजार सोमबारबाट मात्र खुलेको हो । चारदिन खुलेको बजारमा एकदिन मङ्गलवार (२३.८२ अंक) बाहेक तीन दिननै नेप्से सूचक बढेको छ । 

८.१२ अंकले नेप्से बढेको यससाता ४ अर्ब २८ करोड १५ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

मार्केट क्यापिटलाइजेशन १५ करोडले बढ्यो

यससाता नेप्से सूचक बढेसँगै यता मार्केट क्यापिटलाइजेसन (सेयर पुँजी) समेत बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता १५ करोड १० लाख ६० हजार रुपैयाँ मार्केट क्यापिटलाइजेसन बढ्दै २८ खर्ब ६८ अर्ब १२ करोड पुगेको छ । 

अघिल्लो साताको अन्तिम कारोबार दिन यस्तो मार्केट क्यापिटलाइजेसन २८ खर्ब ५३ अर्ब १ करोड ३० लाख रुपैयाँ रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप