नेप्सेमा यो साता ८ अंकको वृद्धि, कारोबार समेत बढ्यो
काठमाडौँ । तिहारपछि कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यो साता ८.११ अंकले बढेर बन्द भएको छ । यो साताको कारोबार खुल्दा नेप्से परिसूचक १८५२ अंक कायम थियो । जुन, यो साताको अन्तिम कारोबार दिनसम्ममा १८६० अंकमा पुगेर बन्द भएको हो ।
तिहारपछि खुलेको बजारमा ४ दिन मात्रै कारोबार भएको थियो । सोमबारदेखि खुलेको बजार बिहीबारसम्म कारोबार हुँदा ३ दिन बढेको थियो । सोमबार १.३९ अंकले बढेको नेप्से मंगलबार २३ अंकले खुम्चिएको थियो । यस्तै, बुधवार २० अंक र बिहीबार ९ अंकले बढेर बन्द भएको हो । यो ८.११ अंकको सुधार हो ।
नेप्से कारोबारमा वृद्धि देखिन थालेसँगै कारोबार रकममा पनि सुधार आएको छ । पछिल्ला ४ दिनमा नेप्सेमा कारोबार रकम औसतमा १ अर्ब १० करोडभन्दा धेरैको छ । जुन, तिहार अघिको बजारमा दैनिक ९० करोड हाराहारी कारोबार हुन्थ्यो । यो साता नेप्सेमा ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो साता नेप्सेको कूल पुँजीकरण समेत बढेको छ । यो साता नेप्सेका बजार पुँजीकरण २८ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । जुन, १५ अर्बको वृद्धि हो । यसअघि, नेप्सेको बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण