शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
बजारमा नयाँ

५० लाख मूल्यको प्रिमियम इलेक्ट्रिक बाइक

आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । ५० लाख रूपैयाँको मोटरसाइकल ! सुन्दा अचम्म लाग्यो होला हैन । हो, कारभन्दा पनि महँगो विद्युतीय मोटरसाइकल नेपाल भित्रिएको छ । प्रसिद्ध इटालियन अटोमोबाइल कम्पनी इनरजिकाको नवीन उत्पादन ‘रिबेल’ लाई इनडिरो मोटर्सले नेपाल भित्र्याएको हो । 

दसैँ–तिहारअघि मात्र प्रिमिय ब्रान्ड इनरजिका नेपाल भित्र्याएको कम्पनीले आधिकारिक रूपमा आफ्नो ब्रान्डका कुनै पनि मोडल सार्वजनिक गरेको छैन । तथापि केही दिनभित्रै विशेष कार्यक्रमको आयोजना गर्दै प्रिमिय विद्युतीय मोटरसाइकल रिबेलसहित तीन मोडल सार्वजनिक गर्ने तयारी कम्पनीको रहेको सेल्स एन्ड मार्केटिङ म्यानेजर शाश्वत रिजालले रातोपाटीसँग बताए ।

खास गरी प्रिमियम क्लासमा सुपर इलेक्ट्रिक बाइक ‘रिबेल’ जस्तो महँगो मोटरसाइकल भित्र्याएको कम्पनीले आफ्ना प्रिमियम क्लासका उपभोक्तालाई नै लक्षित गरेर उक्त मोटरसाइकल भित्र्याएको बताएको छ । 

रिबेल ११० किलोवाट मोटरको साथमा २१.५ किलोवाटको उच्च क्षमताको ब्याट्रीमा आएको छ । जुन पावरफुल कार बराबरको हो । जसले एक पटकको फुल चार्जमा ४०० देखि ४२० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । 

400559123_1515130305974687_4632227701677339765_n

मोटरसाइकलमा डीसी फास्ट चार्जर उपलब्ध गराइएको छ । जसमार्फत ४० मिनेटमा नै फुल चार्ज गर्न सकिन्छ । 

मोटरसाइकलमा मार्जुश्रीको सस्पेन्सन (फुल्ली एड्ससेबल), रेम्बो ब्रेक (एबीएस– अटोमेटिक ब्रेकिङ सिस्टम), पछाडि बेटुरोको फुल्ली सस्पेन्सन उपलब्ध छ । 

यस्तै मोटरसाइकलमा चारवटा राइडिङ मोड, ६ लेभलको ट्र्याक्सन कन्ट्रोल एबीएस सुविधा प्रदान गरिएको छ । यसबाहेक मोटरसाइकलामा हिट एन्ड ब्रेब्ज, क्रुज कन्ट्रोल, यूएसबी चार्जिङ सुविधासमेत उपलब्ध गराइएको छ । 

मोटरसाइकलमा उपलब्ध चावटा राइडिङ मोडले बाटोको अवस्था हेरि आरामले चलाउन सकिन्छ । मोटरसाइकलमा अर्बन, रेन, स्पोर्ट र इको मोड उपलब्ध छ । 

मोटरसाइकलको मूल्य ५० लाख रूपैयाँ तोकिएको छ । मूल्य महँगो हुनुका पछाडि मोटरसाइकल आफैँमा प्रिमियम सेग्मेन्टको सुपर बाइक हुनु  र मोटरसाइकलमा प्रयोग भएका ब्रान्डेड कम्पोनेन्टहरू नै रहेको रिजाल बताउँछन् । यो मोटरसाइकलको मूल्य अन्तर्राष्ट्रिय बजारमा नै ३२ देखि ३५ हजार डलर पर्ने उनको तर्क छ । 

मोटरसाइकलका मुख्य विशेषता :

पावर– ८ हजार ५०० आरपीएममा ११० किलोवाटको पावर क्षमता,

टर्क – १५९ एफटी एलबीमा २१५ एनएमको टक्र्यु उत्सर्जन,

ब्याट्री– २१.५ किलोवाट, नर्मल १८.९ किलोवाट लिथिनियम,

चार्ज– ४ः४०० किलो÷आवर डीसीएफसी फास्ट चार्जर (११०–२३० भोल्ट) ४० मिनेट,

राइडिङ मोड– अर्बन, इको, वेट, स्पोर्ट

रेन्ज– सिटीः ४२० किमि, कम्बाइन्ड ः १९८ किमि.

मूल्य– रु. ५० लाख ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया